काँग्रेस पार्टी कार्यालयमा नेविसंघको विरोध प्रदर्शन

काँग्रेस पार्टी कार्यालयमा नेविसंघको विरोध प्रदर्शन

मसिंर ,२ काठमाडौँ । नेविसंघको निर्णय गर्न शनिबार बोालइएको काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि पुन आज बैठक बस्दैछ ।आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको र सोही बैठकले नेविसंघबारे निर्णय गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महाधिवेशन गर्न भन्दै थपिएको नेविसंघको तीन महिने कार्यकाल आजबाट सकिँदैछ । आज बेलुकाबाट नेविसंघको वैधानिक हैसियत सकिने भएकाले त्यसबारे निर्णय लिनुपर्ने बाध्यता काँग्रेसलाई छ ।

नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन बाँकी छन् ।थपिएको समयमा महाधिवेसन नभएपछि काँग्रेसले अव कि पुरानै नेविसंघको कार्यसमितिलाई म्याद थपेर निर्वाचन गराउने निर्देशन दिनेछ या वर्तमान कार्यसमिति भंग गरेर अर्को तदर्थ समिति बनाएर उसलाई निर्वाचन गर्न दिने विकल्प रोज्नेछ ।

यसमा सभापति शेरबहादुर देउवापक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा छ भने रामचन्द्र पौडेलपक्ष विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा छ । यहि विवादले काँग्रेस अनिर्णित हुँदै आएको छ । यसबारे शनिबार भएको काँग्रेस नेताहरुबीचको अनौपचारिक छलफलमा सहमति हुन नसकेपछि बैठक आजलाई राखिएकोे हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.