यी हुनसक्छन् , जाडोमा लाग्ने रोग र रोकथामका उपायहरु

यी हुनसक्छन् , जाडोमा लाग्ने रोग र रोकथामका उपायहरु

जाडो मौसममा धेरैजसोलाई रुघाखोकी, घाँटी खसखस हुने तथा घाँटी ठप्प हुने समस्याले गाँज्छ । कसैकसैलाई लामो समयसम्म खोकी पनि लाग्छ । कतिपय अवस्थामा न्यानो गरी बसे, ताता खानेकुरा खाए रुघाखोकी आफैं निको हुन्छ । कहिलेकाहीँ भने लामो समयसम्म खोकी लागिरहन्छ । यसैगरी जाडो मौसममा मुटु, हड्डीलगायत अन्य रोगले पनि सताएको पाइन्छ । रोगको प्रकृतिअनुसार सम्बन्धित विशेषज्ञसँग रोग लाग्ने कारण तथा समाधानका बारेमा केहि जानकारी :

मुटु रोगको समस्या
जाडोको मौसममा मुटु रोगीले आफ्नो स्वास्थ्यमा ध्यान नदिए हृदयाघातको सम्भावना वृद्धि हुन्छ । यसको निश्चित कारण हुँदैन । तर पनि धेरैजसो बिरामीलाई बिहान उठ्नासाथ हृदयाघात तथा स्ट्रोक हुन्छ । मुटुको धमनी ब्लक भएर रक्तसंचार नभएपछि मुटुमा क्षति पुग्छ । त्यसैलाई हर्ट एट्याक भनिन्छ । चाडपर्वको मौसम भएकोले पनि मानिसहरू आफ्नो स्वास्थ्यलाई ध्यान नदिई मौका यही हो भनेर धेरै खान्छन् । बढी धूम्रपान गर्छन् । धूमपान र मदिरापानले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।

मुटु रोगको समस्या वृद्धावस्थामा बढी हुन्छ । त्यसैले बिहान मर्निङ वाक गर्दा न्यानो पहिरन लगाउनु आवश्यक हुन्छ । चिसो हावामा हिँड्नु हुँदैन । समय-समयमा कोलेस्ट्रोल, मधुमेह तथा रक्तचाप जँचाइरहनुपर्छ । छाती पोलेको वा दुखेजस्तो लागे डिस्प्रिनको दुई चक्की खाए राहत मिल्छ । यसले जीवन रक्षा गर्छ । जाडो मौसममा जति खाए पनि हुन्छ भनेर टन्न खानु हुँदैन । खाना खानासाथ सुत्नु पनि हुँदैन । त्यसैले राति सुत्नुभन्दा तीन घन्टाअघि खाना खानुपर्छ । नियमित रूपमा व्यायाम गर्नुपर्छ ।

यसैगरी जाडो मौसममा दमका रोगीलाई पनि गाह्रो हुन्छ । त्यसैले चुरोट खाने मानिसको नजिक बस्नु हुँदैन । आगो पनि ताप्नु हुँदैन । कोइलामा कार्बन डाइअक्साइड ग्यास हुने भएकाले आगो नताप्नु नै वेश हुन्छ । हिटरले पनि ड्राई गरिदिने भएकाले हिटरको नजिक मन तातोपानी राख्नुपर्छ । चिसोबाट जोगिन हट ब्याग प्रयोग गर्न सकिन्छ । बन्द कोठा तथा धेरै मानिस बसेको ठाउँमा बस्नु हुँदैन । चिसोले गर्दा फोक्सोको नली खुम्चन्छ र सास लिन कठिन हुन्छ । त्यसैले घरमै स्प्रे राख्नु जरुरी छ । बेलुका हल्का खाना खानुपर्छ । चिल्लो, बोसो, मसलायुक्त एवं गुलिया खानेकुरा खानु हुँदैन ।

श्वासप्रश्वासको समस्या
जाडो महिनामा रुघाखोकीको समस्या बढ्छ । रुघाले गर्दा नाक बन्द हुन्छ र सास फेर्न गाह्रो हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्याअन्तर्गत दम, ब्रोङकाइटिस र निमोनिया पर्छन् । खासगरी जाडोमा श्वासनली साँघुरिँदै गएर सास फेर्न अप्ठ्यारो हुन्छ । फोक्सोका दीर्घ रोगीको रगत संचालन नली साँघुरो भएर छिट्टै इन्फेक्सन हुन्छ । भाइरल इन्फेक्सनका कारण यस्ता समस्या देखिन्छन् । दमका रोगीलाई सास फेर्न कठिन हुन्छ र बाहिरसम्म सुन्निने गरी घ्यार-घ्यार हुन्छ । जाडो मौसममा निमोनिया हुने सम्भावना पनि उत्तिकै रहन्छ । निमोनियाले बालक तथा वृद्धवृद्धालाई छिट्टै आक्रमण गर्छ । त्यसैले चिसोबाट जोगिनु आवश्यक छ ।

रुघाखोकी ६ देखि १० दिनमा निको हुन्छ तर कसैकसैलाई २१ दिन वा ६ हप्तासम्म पनि त्यसले सताउन सक्छ । त्यसैले बिहान सबेरै उठ्नासाथ चिसोको सम्पर्कमा आउनुअघि न्यानो पहिरन लगाउनुपर्छ । हाम्रो शरीरको तापक्रमसँग मिल्ने गरी ठिक्कको तातो खानेकुरा खानुपर्छ र भीडभाड तथा धूलोमा हिँड्दा मास्क लगाउनुपर्छ । यति गरे रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।

मांसपेशी दुख्ने समस्या

यो मौसममा चिसोका कारणले मांसपेशी दुख्छ । यो जुनसुकै उमेरकालाई पनि हुन्छ । बूढाबूढीलाई यो समस्याले बढी नै सताउँछ । साधारणतया चिसोमा मांसपेशी खुम्चिएर पीडा उत्पन्न हुन्छ । उमेर वृद्धिसँगै जोर्नी खिइन्छ र जोर्नी खिएर ग्याप भएको भागमा चिसोले सीधै असर गर्ने भएकाले पीडा महसुस हुन्छ । मानिसको हड्डीको औसत उमेर ८० वर्ष हुन्छ तर हाम्रो जीवनशैलीले गर्दा समय अगावै यसमा समस्या देखा पर्नसक्छ । अहिले २२ वर्षदेखि माथि जुनसुकै उमेरकालाई पनि हड्डी खिइने समस्या देखा परेको छ । त्यसैले घुँडा मोडेर बस्नुहुँदैन । प्रेसर बढी परे हड्डी खिइन सक्छ । टुक्रुक्क बस्नु पनि हुँदैन । वजन पनि नियन्त्रण गर्नुपर्छ । चिसोबाट बच्न न्यानो पहिरन लगाउनुपर्छ । मोटरसाइकल चलाउँदा बाक्लो विन्डपु्रफ ज्याकेट(टोपी आदि लगाउनु आवश्यक छ । शारीरिक व्यायामबाट पनि मांसपेशीको पीडा कम गर्न सकिन्छ । व्यायाम गर्दा मांसपेशी तन्किए पीडा कम हुन्छ । व्यायाम तथा औषधिबाट पनि पीडा कम नभए ज्वाइन्ट रिप्लेसमेन्ट गर्न सकिन्छ तर सकेसम्म व्यायामबाटै पीडा निको पार्नु राम्रो हुन्छ ।

जाडोमा लाग्ने अन्य धेरै रोग

चिसोले गर्दा जाडो महिनामा बिरामीको संख्या बढ्ने गरेको पाइन्छ । चिसोका कारण हातखुट्टा सुन्निनुका साथै नीला हुन्छन् । यसका लागि कुनै औषधि नभए पनि तातो र न्यानो राखे केही दिनमा आफैं निको हुन्छ । जाडो महिनामा रक्तसंचार कम हुने हुँदा पक्षघातको सम्भावना पनि उत्तिकै रहन्छ । यसैगरी कतिपय मानिसको शरीर चिसो सहन नसक्ने अर्थात् शारीरिक रूपमा कमजोर हुन्छ । यस्ता मानिसलाई जाडो महिनामा टन्सिलको सम्भावना पनि उत्तिकै रहन्छ । यसैगरी राम्रोसँग नपाकेको तथा नउमालेको पानी खाए विन्टर डायरिया पनि हुनसक्छ । त्यसैले सफासुग्घर बस्नु र स्वस्थ खाना खानु पनि उत्तिकै जरुरी छ । जाडोमा लाग्न सक्ने विविध रोगमध्ये हाइपोथर्मिया पनि एक हो । शरीरमा तापक्रम कम भई यस्तो हुन्छ । शरीरमा भएको मेकानिज्मले काम गर्न छोडे चिसोका कारण बिरामी लत्र्याकलुत्रुक हुन्छ । यस्तो अवस्थामा बिरामीको हार्टबिट, मुभमेन्ट स्लो हुन्छ । चिसो हिमाली क्षेत्रका मानिसमा यस्तो समस्या बढी देखिन्छ । साथै वृद्धा तथा बच्चामा हाइपोथर्मिया हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा बाक्ला पहिरन लगाउनु प्रभावकारी हुन्छ । यति गर्दा पनि भएन भने इलेक्ट्रिक ब्ल्यांकेट भने ओढाउनुपर्ने हुन्छ । जाडो महिनामा दिउँसोको घाममा बस्नु लाभदाययक हुन्छ । डाइरेक्ट प्रिmजबाट झिकेको खानेकुरा खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.