१६औं हस्तकला व्यापार मेला राजधानीमा सुरु

१६औं हस्तकला व्यापार मेला  राजधानीमा  सुरु

कात्तिक २९,काठमाडौं । नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवर्धन केन्द्रले आयोजना गरेको १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता राजधानीको भृकुटिमण्डपमा हिजो सुरु भएको छ । हिजो एक कार्यक्रमका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले मेलाको उद्घाटन गरेका थिए ।

सो मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, ऊनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हातेकागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायतका वस्तुहरु राखिएका छन् । सोहि अवसरमा हस्तकला विधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न हस्तकला प्रतियोगितासमेत आयोजना गरिएको छ । यस वर्ष मैनको मूर्ति बनाउने र ढाँकाको कपडा बुनाइ विषयलाई प्रतियोगितामा समेटिएको आयोजकले जनाएको छ । मेलामा ४५ जिल्लाका हस्तकला उद्यमीका करिब २०० स्टल रहेको जनाइएको छ ।

मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० ओटा स्टलहरु रहेका छन् । मेला आगामी मंसिर २ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.