न्याय नपाएको भन्दै निर्मलाका परिवारले आजबाट धर्ना थाल्ने

न्याय नपाएको भन्दै निर्मलाका परिवारले आजबाट धर्ना थाल्ने

कार्तिक २५, कञ्चनपुर — निर्मम बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकि १३ वर्षीया चेली निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनका परिवारले आजबाट अनिश्चितकालिन धर्ना सुरु गर्ने भएको छ । तिहार अघि नै निर्मलाका बुवा र आमाले पत्रकार सम्मेलन गरी हत्यारा पत्ता नलागे धर्ना बस्ने घोषणा गरेका थिए । न्याय नपाएपछि अनिश्चितकालीन धर्ना बस्न लागेको निर्मलाका बुवा यज्ञराजले बताए । उनले हिजो कन्चनपुरमा भने न्याय नपाएसम्म धर्नामा बसिरहने छु । हिजो शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा सहभागि निर्मलाका बुबा निराश देखिन्थे ।

 

आइतबार बिहान ११ बजेदेखि महेन्द्रनगरको मदनचोकमा भेला भई जुलुससहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम छ । हिजोको अन्तरक्रियामा सहभागिहरुले अझै पनि प्रहरीको अनुसन्धानले सही दिशा समाउन नसकेको बताएका थिए । उनीहरुले घटनाको अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही गरेर मात्र नपुग्ने पनि धारणा राखेका थिए ।
सो घटनाको अनुसन्धानमा अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोसहित तीनवटा टोलीहरू सक्रिय छन तर दोषी पत्ता लाग्ने कुनै संकेत देखिएको छैन् । डीएनए परीक्षणका लागि चार जनाको नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ तर रिपोर्ट भने आएको छैन ।


साथीको घरमा गएको बेला कन्चनपुरको भीमदत्त नगरपालिका–२ र १८ सीमामा रहेको उखुबारीमा निर्मला पन्त मृत अवस्थामा भेटिएकी थिइन् । यो घटना गत साउनको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.