१ घर १ धाराको अभियानमा रोल्पा नगरपालिका

१ घर १ धाराको अभियानमा रोल्पा नगरपालिका

रचना तिमल्सिना ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । रोल्पाको रोल्पा नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ ।

आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको नगर प्रमुख पुर्ण केसी बताउनहुन्छ । नगरले १ घर १ धाराको अभियानमा थालेको छ । केहि बर्ष भित्रै नगरका सम्पुर्ण घरधुरीमा खानेपानि पुर्याउने नगरको योजना छ । १२ करोडको लगानिमा शहरी खानेपानि आयोजना अघि बढाइएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन , होमस्टे लगायत क्षेत्रमा काम गर्दै आएको छ । नगरप्रमुख रार्ईं अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु नगरपालिकाले पूरा गर्दै आएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण लगायतको पुर्वाधाहरु निर्माणका चरणमा रहेका छन । नगरपालिकाका सम्पुर्ण वडा कार्यालयमा सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह भइरहेका छन । सडक निर्माणमा नगरपालिकाले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्ती गर्ने र आवश्यक सडक पुलहरुको निर्माण नगरपालिकाले गरिरहेको छ । गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिएको नगरपालिकाले प्रत्यक बर्ष १ सय जना बिद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्न छात्रबृति दिने गरेको छ । कृषिका लागि बजारको व्यवस्थापन, महिलाको सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू लगायतको कार्यक्रम ल्याएको रोल्पा नगरपालिकालाई नमुना नगरपालिका निर्माण गर्ने अभियानमा आफूहरू रहेको नगर प्रमुख केसिले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म नगरपालिकाले गरेका धेरै उल्लेखनीय कामहरुमा कृषि तथा पशुका क्षेत्रमा कृषि मेला प्रदर्शनी,कृषि हाटबजार निर्माण, बोयर जातका बोकाहरु बितरण, कृषि बीउ र औजारहरु वितरण, दुध विक्रिका लागि ट्याङ्कर खरिद, बिभिन्न तालिमहरु संचालन, स्वास्थ्यका क्षेत्रमा यसअघि संचालनमा रहेका स्वास्थ्य संस्थाहरु बााहेक ८ वटा शहरी स्वास्थ्य केन्द्रको स्थापना, सुत्केरीका लागि अप्रेशन सेवा, नयाँ सडकहरु निर्माण, विद्युतिकरण, छात्रवृत्ति कार्यक्रम, नगरपालिकासँग स्वरोजगार कार्यक्रम, रोल्पा गुराँस साहित्य मेला जस्ता राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रमहरु, जिल्ला स्तरीय खेलकुदहरु, रक गार्डेन स्थापना, टुँडिखेल हरित पार्क निर्माण, माडीचौर खेलमैदान स्तरिकरण, १० वटै वडाका पक्कि वडा भवनहरु निर्माण, महिला, दलित, जनजाति तथा लक्षित वर्गका विविध कार्यक्रमहरु, रोल्पा शहरी खानेपानी आयोजनाको नेतृत्व तथा समन्वय लगायत खानेपानी, फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्थापन, जनताहरुको सुविधाको लागि घर टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण, सिचाइ लगायतका कामहरु रहेका छन ।

विश्वभर फैलिएको कोरोना महामारीको असर राल्पा नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिरहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरप्रमुख केसीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्