स्वास्थ्य, शिक्षा र धार्मिक क्षेत्रमा उल्लेखनी प्रगती गर्दै गौमुखी गाउँपालिका

स्वास्थ्य, शिक्षा र धार्मिक क्षेत्रमा उल्लेखनी प्रगती गर्दै गौमुखी गाउँपालिका

कविता पोखरेल
माघ २२, गौमुखी गाउँपालिका । प्युठान जिल्लाको गौमुखी गाउँपालिकामा स्वास्थ्य, शिक्षा र धार्मिक क्षेत्रमा उल्लेखनीय प्रगति गदै आईरहेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सम्पूर्ण वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने काम भैरहेको पालिकाका, अध्यक्ष विष्णु कुमार गिरीले भन्नुभयो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पश्चात सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ ।

पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्थापन गर्नुका साथैं आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । ऐतिहासिक र धार्मिक तिर्थ स्थलको हिसाबले यस पालिका निकै सम्भावना बोकेको क्षेत्र रहेको हुनाले यसको प्रचार प्रसार र संरक्षण गर्ने काम भएको अध्यक्ष गिरीले बताउनु भयो ।

यस्तै, पालिकादेखि वडा कार्यालयसम्म जोड्ने सडक निर्मार्ण कार्य सम्पन्न भएको र उज्यालो गाउँपालिका निर्माण गर्नको लागि विद्युतीय सेवा पु¥याउने काम पनि तिव्र गतिमा भईरहेको छ । एक घर एक धाराको कार्यत्रम सञ्चालन गरी प्रत्येक टोलटोलमा खानेपानीको सुविधा चाँडैं पुग्ने भएको छ । स्थानीय सरकार गठन भएको छोटो समयमा नै केही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भइरहेको छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण प्युठान जिल्लाको गौमुखी गाउँपालिका पनि हो ।

सुन्दर गाउँपाकिा निर्माणको लक्ष्यसहित अगाडी बढीरहनु भएका पालिकाका, अध्यक्ष गिरीको योजना र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई जनचेतनामुलक कार्यक्रम गरी सर्तकता अपनाएको थियो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत वितरण कार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्