सोलुखुम्बु केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ७ बजेर ७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो परकम्प नभएर भूकम्प नै भएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

गत साउन २९ मा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । साउन २४ मा म्याग्दी केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्