सोलुखुम्बुमा नियमित उडान भर्न खुम्बु पासङल्हामु गाउँपालिकाको माग

सोलुखुम्बुमा नियमित उडान भर्न खुम्बु पासङल्हामु गाउँपालिकाको माग
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालीकाले सिता एयर लाईन्सलाई नियमित उडान भर्न माग गरेको छ । तेञ्जिङ हिलारी बिमानस्थलमा पर्यटकिय सिजनमा मात्रै उडान भर्दै आएको एयरलाईन्सलाई अन्य सिजनमा समेत सेवा दिन माग गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रबक्ता लाक्पा छिरि शेर्पाका अनुसार एयरलाईन्सले सेवालाई ध्यान नदिई नाफा मात्र हेरेकाले पत्रचार गरेर नियमीत सेवा दिन आग्रह गरिएको हो । जनताको गुनासो आएपछि गाउँपालिकाले सचेत गराएको प्रबक्ता शेर्पाको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्