सिरहा जिल्लाको नवराजपुर गाउँपालिका समृद्ध बन्दैं

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका समृद्ध बन्दैं

कविता पोखरेल
माघ १७, नवराजपुर गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापनसँगै नयाँ जनप्रतिनिधिको आगमनले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका समृद्धि र नमुना बन्दैं गएको छ । जनातहरुको अपेक्षालाई मध्येनजर गदैं यस नगरले भौतिक पूर्वाधाहरुको काममा उल्लेखनी प्रगति भइरहेको पालिकाका, अध्यक्ष विश्व मोहन यादवले भन्नुभयो । पालिकादेखि वडा कार्यलयसम्म जोड्ने मुख्य सडक खण्डकको पुर्णरुपमा स्तरउन्नती भएको छ । निर्माण भएका सडकलाई आवश्यक सुधार गर्नुका साथैं सकड नपुगेको ठाउँमा निर्माण र प्रत्येक वडामाको सडकलाई पीच गर्ने काम सम्पन्न भएको छ । यस सडक निर्माणले आम जतनाहरुलाई यात्रामा थप सहज हुनेछ ।

मुलुकको कतिपय ठाउँहरुमा स्वास्थ्य सेवाको अभाव भइहेको बेला यस नवराजपुर पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहच पुगेको अवस्था छ । विगतमा आम जनताहरुले सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता थियो तर अहिलेको स्थितीमा यस समस्याको हल भएको अवस्था छ ।

यस्तैं, पालिकाले शैक्षिक क्षेत्र र कृषि क्षेत्रमा पनि उत्तिकै प्रगति गरेको छ । सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुवभ शिक्षामा पहल गरेको छ भने किसानहरुलाई हाते टयाक्टर वितरण गर्नुका साथैं विभिन्न उन्नत जातको विउ विउजनहरु उपलब्ध गराउदैं आइरहेको अध्यक्ष यादवले बताउनु भयो ।

पालिकाले “एक घर एक धारा” कार्यक्रम गरी टोलटोलमा खानेपानीको व्यवस्थापन र विद्युतीय सेवाको ८० प्रतिशत काम सम्पन्न गरेको छ । यस विद्युतीय सेवाबाट उज्यालो गाउँ र आम जनताहरु लाभान्वित हुनेछन् । स्थानीय सरकार गठन भएको करिब साढै ३ वर्षको अविधिमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउनको निम्ती अध्यक्ष यादवले चाल्नु भएको कदम र विकासका कार्यान्यन त्यति नै प्रेरणादायी छ ।

विश्वलाई नै आतंकित बनाईरहेको कोरोना संक्रमण न्यूनीकरणको लागि आम जनताहरुलाई समयमै सचेतना गराएको यस पालिकाले कोरोना संक्रमण रोकथाम गर्नको लागि निकै सफल भएको थियो । कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई २ चरणमा राहत वितरण गर्नुका साथैं बाहिरबाट आएका नागरिकहरुलाई सुविधा सम्पन्न १५० बेड क्षमता भएको पालिका स्तरीय क्वारेन्टाइन होम आइसोलेशनमा राख्ने व्यवस्था समेत गरेको  अध्यक्ष यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्