सिपमुलक तालिम संचालन गर्दै, ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका

सिपमुलक तालिम संचालन गर्दै, ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका

कविता पाेखरेल ।

ओखलदढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाले महिला पुवा र विपन्न बर्गको लागि सीपमुलक कार्यक्रमहरु संचालन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोक्काका अनुसार गाउँपालिकाले महिला सशक्तिकरणकालागि सिलाइ कटाई जस्ता सिपमुलक तालिमहरु सन्चालन गरि उनिहरुको जिबनस्तर माथी उकास्न सहयोग गरिरहेको छ । यस्तै खिजिदेम्बामा शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम पनि तिब्र गतिमा भैरहेको र पुराना सडकहरुको स्तरोन्नति तथा कालोपत्रेको काम पनि जारि रहेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास भइसकेको छ भने २ वटा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । कटरिया नदिमा पक्की पुल निर्माणको काम पनि तिब्र गतिमा अगाडि बढीरहेको अध्यक्ष रोक्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्