सिंचाईलाई बिशेष प्राथमिकता दिदै, परवानीपुर गाउँपालिका

सिंचाईलाई बिशेष प्राथमिकता दिदै, परवानीपुर गाउँपालिका

रचना तिमल्सिना ।

बारा जिल्लाको परवानीपुर गाउँपालिकाले भौतिक पुर्बाधारमा उल्लेखनीय प्रगति गरेको छ ।

गाउँपलिका अध्यक्ष हरि नारायण प्रसाद साहका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ, सडक लागायतका भौतिक पुर्बाधारमा उल्लेखनिय प्रगति गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलन्यास गरिएको अध्यक्ष साहले बताउनुभयो । कृषि तथा पशुपालनकोलागि पनि गाउँपालिकाले बिशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण गरेको छ । २ बर्षे बालि बिज्ञानको कार्यक्रम संचाल गरिएको छ ।

गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको अध्यक्ष साहले जानकारी दिनुभयो । गाउँपालिकाले ५० लाखको लगानिमा विग ट्युवेल समेत जडान गरेको छ ।
यस्तै सम्पुर्ण वडाहरुमो सिंचाईको सुविधा पुर्याउन गाउँपालिकाले बिशेष प्राथमिकता दिएको छ । ५ सय घरधुरीलाई केरेसाबारि कार्यक्रम अन्र्तगत बजेट उपलब्ध गराइएको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामि दिनमा कोराना माहामारीको असरलाई कम गर्दै गाउँपालिकाको समग्र विकास निर्माणमा केन्द्रित हुने गाउँपालिका अध्यक्ष साहको योजना छ ।

प्रतिक्रिया दिनुहोस्