सार्वजनिक यातायात केन्द्रीय महासंघले आजबाट खुलायो दशैंको अग्रिम टिकट

सार्वजनिक यातायात केन्द्रीय महासंघले आजबाट खुलायो दशैंको अग्रिम टिकट

सुर्य कुमार खड्का, काठमाण्डौं ।
सार्वजनिक यातायात केन्द्रीय महासंघमा आवद्ध भई यातायात सेवा दिइरहेका प्रा.लि.हरूले दशैंको लागि अग्रिम टिकट बुकिङ्ग सेवा आज (असोज ३ गते) बाट खुल्ला भएको महासंघले जनाएको छ । दशैं, तिहार र छठ जस्ता चाडबाडमा यात्रुहरूको चाप र सहजतालाई ध्यान दिएर टिकट बुकिङ्ग सेवा खुल्ला गरिएको महासंघका महासचिव गणेश उप्रेतिले जानकारी दिए ।
महासंघले अहिले सातवटै प्रदेशमा आफ्नो शाखा बिस्तार गरिसकेकोले देश भरिनै सम्पूर्ण रुटहरूमा बुकिङ्ग खुल्ला गरिएको महासंघका अध्यक्ष होम प्रसाद अधिकारीले जानकारी दिए ।
महासंघले बिष्णु कुमार बस्नेतको नेतृत्वमा ३ नम्बर प्रदेश कमिटी बिस्तार गरिएको अध्यक्ष अधिकारीले बताए । त्यस्तै तोयानाथ पोखरेलको नेतृत्वमा उपत्यका शाखा कमिटी बिस्तार गरिएको छ । उक्त कमिटीले उपत्यकाको यातायात क्षेत्रको समस्या समाधान गर्ने बताइएको छ ।
साथै नजिकिदै गरेको बिजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा सार्वजनिक यातायात केन्द्रीय महासंघको तर्फबाट सम्पूर्ण उपभोक्ताहरूलाई शुभकामना ब्यक्त गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्