साइपाल गाउँपालिका समृद्ध तर्फ अगाडी बढ्दैं

साइपाल गाउँपालिका समृद्ध तर्फ अगाडी बढ्दैं

कविता पोखरेल
मंसिर ३० साइपाल । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा विकास निर्माण कार्यले तिव्रता पाएको छ । गाउँपालिकामा १ करोड ७७ लाखको प्रहरी कार्यलय भवन निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष राजेन्द्र बहादुर थामीको भनाई छ । सडक, कृषि, खानेपानी, स्वास्थ्य र पर्यटकीय क्षेत्र लगायत सम्पूर्ण कुरालाई समेट्दै समग्रमा गाउँपालिका समृद्ध तर्फ अगाडी बढी रहेको पाइन्छ । अध्यक्ष थामीले बताउनु हुदैं गाउँपालिकामा नयाँ भवन निर्माणको लागि डि.पी.आर भैसकेको छ ।

गाउँपालिकाको वनजंगललाई सुरक्षित राख्नको लागि हरियाली पर्वद्धन गर्ने उद्येश्यले वनजंगल जताभावी फडानी गर्नमा पूर्ण रुपमा रोग लगाएका छौं थामीले बताउनु भयो । यस्तै कोरोना भाइरसबाट प्रभावित भएका व्यत्तिहरुकोे लागि पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था रहेको उहाँले भन्नुभयो । संक्रमण फैलिन नदिनका लागि विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत जनताहरुलाई सतर्कता गरिएको छ । उहाँले भन्नुभयो यस गाउँपालिका ५ वटा वडामा विभाजित छ । कोरोनाको उच्च जोखिम रहेकोले हाल प्रत्येक वडामा ६ जनाको दरले स्वंयमसेवीका परिचालन गरिएको छ । समग्रमा सबै क्षेत्रलाई समेट्दै गाउँपालिका विकास निर्माण कार्यमा अगाडी बढी रहेको उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्