सांसद खड्काले अधुरो गुम्बा पुरा गर्न बजेट उपलब्ध गराएपछि, ट्याङथलीमा खुशियाली

सांसद खड्काले अधुरो गुम्बा पुरा गर्न बजेट उपलब्ध गराएपछि, ट्याङथलीमा खुशियाली

तामाकोशी–७, दोलखा । बागमति प्रदेशका सांसद विशाल खड्काले तामाकोशी गाउँपालिकाको वडा नं. ७ स्थित ट्याङथलीमा निर्माण भईरहेको गुम्बाका लागि बागमति प्रदेशका सांसद विशाल खड्काले प्रदेश पूर्वाधार साक्षेदारी कार्यक्रम बाट १५ लाख विनियोजन गरेपछि यहाँका शेर्पा समुदायमा खुशियाली छाएको छ ।
केहि वर्ष अघिदेखि सुरु गरिएको गुम्बा निर्माण कार्यले आर्थिक अभावका कारण गति लिन सकिरहेको थिएन । सांस्कृतिक पहिचान कायम गर्दै पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा मानिएको गुम्बा निर्माणको काम सम्पन्न गर्न स्थानीयवासीहरुले चन्दा संकलन र जनश्रमदान जुटाए पनि करिव १ करोड भन्दा बढि लगानी लाग्ने भएका कारण बाह्य सहयोगको आवश्यकता परेको एक जना गुम्बा निर्माणका अभियान्ता आङनिमा शेर्पा बताउनु हुन्छ ।


गुम्बा निर्माण कार्य सम्पन्न गर्न तामाकोशी गाउँपालिकाले गत वष आर्थिक वर्षमा ८ लाख र यो वर्ष पनि केहि बजेट उपलब्ध गराउने आश्वासन दिएको अभियन्ता शेर्पा बताउनु हुन्छ ।
गुम्बा निर्माणका काम अन्तर्गत, हाल पिल्लर उठाउने काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्