सलमानको ‘भारत’ले पहिलो दिन कति कमायो ?

सलमानको ‘भारत’ले पहिलो दिन कति कमायो ?

एजेन्सी- बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ले बक्स अफिसमा पहिलो दिननै शानदार शुरूआत गरेको छ ।

सलमान खान, कट्रिना कैफ, दिशा पटानी, सुनील ग्रोवर र ज्याकी श्राफको मुख्य भूमिका रहेको फिल्मले यस इदमा बम्पर ओपनिङ गर्‍यो ।

अली अब्बास जफर निर्देशित सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिन ४३ देखि ४५ करोडको व्यापार गरेको बक्स अफिस इन्डिया डट कमले जनाएको छ ।

यसपटक पनि सलमान खानलाई निर्देशक अली अब्बास जफरको फिल्मले साथ दिएको छ । यसअघि ‘सुल्तान’ र ‘टाइगर जिंदा हैं’ ले पनि बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

स्मरण गराऔं कि सन् २००९ देखि सलमान खानले इदमा फिल्म रिलिज गर्दै आएका छन् । सन् २००९ को इदमा सलमानको ‘वान्टेड’ फिल्म रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्