समृद्ध वडा निर्माणको अभियानमा छौं: वडा अध्यक्ष पाण्डेय

समृद्ध वडा निर्माणको अभियानमा छौं:  वडा अध्यक्ष पाण्डेय

कविता पोखरेल
फागुन २, रेसुङ्गा नगरपालिका–१ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. का जनप्रतिनिधिहरु यतिमा वडालाई विकासको लहरमा पु¥याउदैं वडालाई समृद्ध बनाउने योजनामा लाग्नु भएको छ । वडा अध्यक्ष आलेख प्रसाद पाण्डेयको विकासका योजनाको रणनिति र त्यसको कार्यान्वयन उक्तकै अनुकरणीय नैं छ ।

वडाको साममुदायिक विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्थापन गरेको छ भने मन्टेश्वरी विद्यालय सञ्चालन गरेको वडा अध्यक्ष पाण्डेयले बताउनु भयो । ऐतिहासिक, धार्मिक र पर्यटन क्षेत्रको हिसाबले यस वडा निकै सम्भावनायुक्त वडा रहेको हुनाले आगामी दिनमा थप पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको पाण्डेयले भन्नुभयो ।

किसानहरुलाई विभिन्न उन्नत जातको मकैको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा विशेष जोड दिएको छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी टोलटोलमा खानेपानीको व्यवस्थापन गर्दै आइरहेको अवस्था छ । उज्यालो वडा निर्माणको लागि वडाले प्रत्येक घर धुरीहरुमा विद्युतीय सेवा पु¥याउने काम जारी रहेको उहाँले जनाउनु भयो । यस्तै, वडामा निर्माण भएका सडकलाई फराकीलो र पीच गर्ने काम भइहेको छ ।

यस वडाले सुन्दर वडा बनाउनको लागि सरसफाईमा विशष कार्यक्रम गर्दे आएको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकता दिदै वडाले स्वास्थ्य सेवाको पहुच पु¥याएको अवस्था छ । विगतमा यहाँका स्थानीय वासिन्दाहरु सानोतिनाृ उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाधयता थियो । तर, स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि यसको समस्याको हल भएको वडा अध्यक्ष पाण्डेयको भनाई छ । आगामी दिनमा जनताहरुको हितमा काम गर्दै जाने र वडालाई चााडै समृद्धिको उचाईमा पु¥याउने वडा अध्यक्ष पाण्डेण्को धारण छ ।

प्रतिक्रिया दिनुहोस्