समृद्ध बन्दैंछ मुसिकोट नगरपालिका: नगर प्रमुख गौतम

समृद्ध बन्दैंछ मुसिकोट नगरपालिका: नगर प्रमुख गौतम

कविता पोखरेल
माघ २६, मसिकोट नगरपालिका, पश्चिम । स्थानीय सरकार गठन भएको छोटो समयमा नै मुलुकको कैही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भईरहेको छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण, पश्चिम रुकुम जिल्लाको मुसिकोट नगरपालिका हो । नगरलाई समृद्धिको बाटोमा लैजानको लागि नगरका, नगर प्रमुख देविलाल गौतमको विकासका योजनाको रणनिति र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।

नगरपालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको सुविधा पु¥याएको छ । यहाँका सर्वसाधारणहरु सानोतिनो उपचारको लागि जिल्ला सदरमुका र राजधानी धाउनु पर्ने बाध्यता थियो तर स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकता दिए पछि अहिलको परिपेक्ष्यमा त्यस्तो कठिनाई हटेको नगरका, नगर प्रमुख देविलाल गोतमले भन्नुभयो । नगरकै पहलमा सुविधा सम्पन्न १५ बेडको अस्पताल समेत निर्माण गरेको छ । यसबाट आम जनताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

३२ वडा खानेपानीको आयोजना गरी एक घर एक धाराको अभियान सञ्चालन गरी सबै टोलटालमा खानेपानीको सुविधा गरेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले यस मुसिकोट नगरपालिका जिल्लामै सम्भावना बोकेको स्थान रहेको नगर प्रमुख गौतमले बताउनु भयो । उहाँको अनुसार पर्यटन क्षेत्रलाई अघि बढाउनको लागि नगरले विभिन्न पहलहरु गर्दै आएको छ ।

दुधमा आत्म निर्भर बनाउनको लागि नगरले पशुपालनमा विशेष प्राथामिकता दिदैं आएको छ भने किसाहरुलाई विभिन्न उन्नत जातको विउ विजनहरु निःशुल्क वितरण कार्य गरेको अवस्था छ । युर्वावर्गहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गरी रोजगारीको वातावरण मिलाएको छ । नगरको केन्द्र देखि वडासम्म जाने सडक निर्माणको काम पनि पुर्णरुपमा सम्पन्न गरी अहिले सबै वडामा राम्रोसँग सवारी साधनहरु चल्ने व्यवस्था भएको छ ।

उज्यालो नगर बनाउने हिसाबले सबै वडामा विद्यसतीय सेवाको व्यवस्था गरेको छ । यस्तैं, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि नगरले आम जनताहरुलाई सतर्कता अपनाएको थियो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाई र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं नगर प्रमुख गौतमले बताउनु भयो ।

स्थानीय सरकार गठन पछि आम जनताहरुको जुन अपेक्षा थियो त्यसलाई सक्दो पुरा गर्ने काम गरेको र त्यसको मुल्यांकन गर्ने अधिकार जनताहरुकै रहेको उहाँले भन्नुभयो । आगामी दिनमा जनताहरुको हित र अपेक्षालाई कदर गर्दै जानेछु र साथैं सबैको साथ सहयोग मिलेमा नगर चाँडैं समृद्धिको उचाईमा पुग्ने नगर प्रमुख गौतमको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्