समृद्ध नगरपालिका बन्दैं व्यास नगरपालिका

समृद्ध नगरपालिका बन्दैं व्यास नगरपालिका

कविता पोखरेल
माघ १८, व्यास नगरपालिका । तनहुँ जिल्लाको व्यास नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै समृद्धिको यात्रामा अघि बढेको छ । नगरको सबै वडामा सडक निर्माण देखि सडकमा विद्युत जडान भएको नगरका, नगर प्रमुख बैकुण्ठ न्यौपानले भन्नुभयो । सडक निर्माण पछि नियमित रुपमा सवारी साधन चल्ने यात्राको लागि थप सहज भएको छ ।

“ एक घर एक धारा ” कार्यक्रम अभियान गरी नगरको सबै वडामा खानेपानीको व्यवस्थापन भएको छ । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको अवस्था छ । कृषि र शिक्षा क्षेत्रमा पनि यस नगरले उल्लेखनी प्रगति गर्दे आइरहेको छ ।

किसानहरुलाई विभन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालन र तरकारी खेती गर्नको लागि विशेष पहल गर्दै आइरहेको छ । नगरको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थानप र विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण समेत गरेको छ । मुलुकमा स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा नगरलाई समृद्धिको बाटोमा लैजान नगर प्रमुख न्यौपानेले गर्नु भएको विकासका कार्यान्वयन र योजनाहरु वास्तवमै अनुकरणीय छ ।

विश्व्यापी रुपमा फैलिएको महामारी न्यूनीकरणको लागि नगरले आम नागरिकहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख न्यौपानेले भन्नुयो ।

प्रतिक्रिया दिनुहोस्