समृद्ध नगरपालिका निर्माणको परिकल्पना छौं: नगर प्रमुख विष्ट

समृद्ध नगरपालिका निर्माणको परिकल्पना छौं: नगर प्रमुख विष्ट

माघ २५, बुंगल नगरपालिका । स्थानीय सरकार गठन पछि मुलुकको केही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भईरहेको छ । यिनैं, स्थानीय तहहरु मध्ये एउटा उदाहरण, बझाङ जिल्लाको बुंगल नगरपालिका पनि एक हो । समृद्ध नगरपाकिा निर्माणको लक्ष्य सहित अगाडी बढीरहनु भएका नगरका, नगर प्रमख  धन बहादुर विष्टको विकासका योजनाको रणनिति र त्यसको कार्यन्वयन पनि वास्तवमै अनुकरणीय नै छ ।

नगरपालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरकको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउदैं आइहेको अवस्था छ । यसले विगतको जस्तो सानोतिनो उपचारको जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । उज्यालो नगरपालिका निर्माणको लागि नगरले सबै वडामा विद्युतीय सेवा पु¥याउनको लागि डि.पी.सी निर्माण भएको छ ।

बझाङ जिल्लाको बुगंल ऐतिहासिक, धार्मिक र पर्यकटीय क्षेत्रको हिसाबले निकै सम्भावना बोकेको चर्चित ठाउँ भएकोले आवश्यक संरचनाहरु निर्माणको काम भइरहेको नगर प्रमुख विष्टले जनाउनु भयो । आफु नगरमा निर्वाचित भए पश्चात सडक नपुगेको ठाउँमा सडक निर्माण गर्नुका साथैं निर्माण भएका सडकलाई पीच गर्ने काम भएको छ । यस्तैं, एक घर धाराको कार्यक्रम सञ्चालन गरी सबै टोलटोलमा खानेपानीको व्यवस्था गरेको छ । मुलुकमा विभिन्न ठाउँमा प्रथाबाट नारीहरु प्रभावित भइरहेको बेला बुंगल नगरपालिकाले छाउपडी प्रथामुक्त नगर घोषणा गरेको छ ।

यस नगरले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, खेलकुद, लगायत अन्य भौतिक पूर्वाधाहरुको क्षेत्रमा विकास निर्माणको काम तिव्र गतिमा भइरहेको छ । यसले पनि बुंगल नगरपालिकाको विकासका प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउँदछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि आम जनताहरुको साथ सहयोगमा नगरलाई कोरोनाबाट सुरीक्षत राख्न सफल भएको थियो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्नुका साथैं कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण समेत गरेको नगर प्रमुख विष्टले भन्नुभयो । आगामी दिनमा आम जनताहरुको हित र अपेक्षाको काम गर्दै नगरलाई समृद्धिको उचाईमा पु¥याउन सधैं प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्