समृद्ध नगरपालिका निर्माणको अभियानमा छौं: नगर प्रमुख श्रेष्ठ

समृद्ध नगरपालिका निर्माणको अभियानमा छौं: नगर प्रमुख श्रेष्ठ

—कविता पोखरेल
माघ २०, कटारी नगरपालिका । स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केही स्थानीय तहहरु विकासको मार्गतर्फ तिव्रगतिमा बढीरहेका छन् । यिनैं मध्येको एउटा उदाहरण उदयपुर जिल्लाको कटारी नगरपालिका पनि एक हो । समृद्ध नगर बनाउने लक्ष्यसहित अगाडी बढीरहनु भएका कटारी नगरपालिकाका, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको योजना र त्यसको कार्यान्वयनको रणनिति पनि त्यति कै अनुकरणीय नै छ ।

आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै रहेको नगरका, नगर प्रमुख श्रेष्ठ बताउनु हुन्छ । सिद्धीचरण राजमार्ग अन्तगर्त पर्ने कटारी–घुर्मीलाई जोड्ने मुख्य सडकखण्ड जिर्ण अवस्था रहेको छ । सो सडक कालो पत्रे गर्नको लागि टेण्डरको प्रत्रिया अघि बढीसकेको र चाँडै धुलो मुक्त सडक निर्माण गरी आम जनताहरुलाई यात्राको लागि कठिनाई नहुने श्रेष्ठको भनाई छ । यो सडक निर्माण कार्यमा ढिलासुस्ती हुदा माथिल्लो सगरमाथामा पर्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका आम सर्वसाधारण देखि व्यापार व्यवसायीहरु समेत प्रत्येक्ष मारमा परेको देखिन्छ ।

नगरपालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै नगरको १४ वटै वडामा स्वास्थ्य सेवाको पहुच पुर्‍याउने  लक्ष्य राखेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हट्ने नगर प्रमुख श्रेष्ठको विस्वास छ ।

यस्तै, ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दृष्टीकोणले निकै सम्भावना बोकेको स्थान भएको हुनाले यसको प्रवद्धन गर्नुका साथै नगर भित्रको सिमसार क्षेत्रको संरक्षण गर्नको लागि पहल भइरहेको छ । “ एक घर एक धारा ” कार्यक्रम सञ्चालनद्धारा नगरको सबै टोलटोलमा खानेपानीको सुविधा पुर्‍याउने योजना बनाएको छ । केही घर धुरीहरुमा खानेपानीको सुविधा पुगिसकेको र नपुगेको ठाउँमा चाडैं पुर्‍याउने योजना भइरहेको छ । उज्यालो नगर बनाउने लक्ष्य सहित सबै वडामा विद्युतीय सेवाको काम भइरहेको छ ।

मुलुकमा बेराजगारीको सृजना भइरहेके बेला यस नगरले युवावर्गहरुलाई स्थानीय स्तरमै सिपमलक तालिम प्रदान गरी रोजगारीको व्यवस्थापन गर्दै आइरहेको अवस्था । कृषि र शैक्षिक क्षेत्रमा पनि नगरले उल्लेखनीय प्रगती गरेको छ । किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा आह्वान गरेको छ भने नगरको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ ।

नगरले ६० करोड लगानीमा नगर भवन निर्माण गर्ने तयारी सम्पन्न गरेको छ भने वडा कार्यलयहरु बनाउने योजना भइरहेको श्रेष्ठले भन्नुभयो । स्थानीय सरकारको व्यवसथपन पछि आम जनताहरुले जुन अपेक्षा गरेका थिए सो कुरालाई मध्येनजर गर्दै आगामी दिनमा अझैं प्रभावकारी ढंगले काम गर्दै जाने नगर प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणमा साथ सहयोगको आवश्यता रहेकोले सबैको साथ सहयोग मिलेमा नगर चाँडैं समृद्धिको उचाईमा पुग्ने उहाँले विस्वास व्यक्त गर्नुभयो ।

विश्व महामारीको समयमा यस नगरले संक्रमण न्यूनीकरणको लागि आम जनताहरु समक्ष सतर्कता अपनाएको थियो । कोरोनाबाट प्रभावित भएका पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएकाहरुलाई सुविधा सम्पन्न क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगरका, नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्