समृद्ध गाउँपालिका निर्माणको अभियानमा छौं: अध्यक्ष सर्केश घलान

समृद्ध गाउँपालिका निर्माणको अभियानमा छौं: अध्यक्ष सर्केश घलान

कविता पोखरेल
माघ १३, बागमती गाउँपालिका । आफनो गाउँठाउँलाई सुन्दर र नमुना बनाउनको लागि जनप्रतिनिधिकोहरुको मुख्य भुमिका रहेको हुन्छ । यसै, सन्र्दभमा मकवानपुर जिल्लाको बागमती गाउँपालिकालाई समृद्धिको उचाईमा पु¥याउनको निम्ति जनप्रतिनिधिहरु एक जुट भएर विकास निर्माण कार्यमा निरन्तर जुटीरहेको देखिन्छ ।

सडक नपुगेको ठाउँमा सडक निर्माण गर्नुका साथै निर्माण भएका सडक सञ्जाललाई अझ फराकिलो र पीच गर्ने काम भइरहेको पालिकाका, अध्यक्ष सर्केश घलानले भन्नुभयो । उक्त सडक निर्माण पछि आम सर्वसाधारणहरुलाई यात्राको लागि थप सहजता मिल्ने भएको छ । पालिकामा वृहत खानेपानी आयोजना भएको र प्रत्येक टोलटोलमा खानेपानीको धारा चाँडैं पुग्ने अध्यक्ष घलानले बताउनु भयो ।

यस्तै, पालिकाको सबै वडामा स्वास्थ्यको पहुच पु¥याउने गरी स्वास्थ्य सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । उक्त स्वास्थ्य सेवा पालिकाको प्रत्येक वडामा पुगेपछि आम सर्वधारणहरु लाभान्वित भएको र विगतको जस्तो कठिनाई भोग्नु पर्ने बाध्यता हटेको घलानको भनाई छ । पालिकाको सम्पूर्ण विद्यालयहरुमा शैक्षिक सुधार गर्ने कार्य भइरहेको छ भने खेलकुद क्षेत्रको लागि खेलकुद मैदानहरु निर्माण गर्ने योजना भएको छ ।

युवाहरुलाई स्थानीय स्तरमै रोजगारमुलक तालिम दिने र उनीहरुलाई रोजगारीको व्यवस्था समेत गर्दै आइरहेको देखिन्छ । स्थानीय सरकारको व्यवस्थापन पछि पालिकामा विकासको चौतर्फी रुपमा भइरहेको र पालिकालाई समृद्धिको उचाईमा पु¥याउन आम नागरिकहरु देखि जनप्रतिनिधिको एक जुट भएका छौं अध्यक्ष घलानले जनाउनु भयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि आम नागरिकहरुलाई सचेतना गरेको थियौं घलानले भन्नुभयो । साथै, बाहिरबाट आएका नागरिकहरुको लागि सुविधा सम्पन्न क्वारेन्टाइनर र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिका अध्यक्ष घलानको दावी छ ।

प्रतिक्रिया दिनुहोस्