समृद्धिको बाटोमा, रौतहटको माधव नारायण नगरपालिका

समृद्धिको बाटोमा, रौतहटको माधव नारायण नगरपालिका

रचना तिमिल्सिना ।

जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको रौतहटको माधव नारायण नगरपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ ।

सडक, बिद्युत, स्वास्थ्य, खेलकुद, खानेपानि लगायतको विकासका पुर्वाधारमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । नया सडक बिस्तार गर्ने र पुराना सडकलाई कालोपत्रे गर्ने कार्यमा नगरपालिका लागेको नगर प्रमुख बिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको यस गाउँपालिकाले पछिल्ला बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्य सम्पादन गर्दै समृद्ध माधव नारायण नगरपालिका बनाउने पहिल्याउँदै गएको छ । नगर प्रमुख यादवका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताकोलागि बेला–बेलामा सार्वजनिक सुनुवाईगर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गरिएको छ ।

नगरपालिकाको भवन निर्माणको लागी जग्गा छनौटको तयारि भईरहेको छ । ९ वटै वडामा वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवा संचालन भइसकेको छ । खानेपानि र सिंचाईको लागि ओभरहेड ट्यांकि निर्माण र पाईप जडानको काम भईरहेको नगरप्रमुख यादवले बताउनुभयो । शैक्षिक क्षेत्रको बिकासको लागि नगरपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको माधव नारायण नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्