सबैभन्दा बढी विद्युत् रोयल्टी पाउनेमा दोलखाको तामाकोशी गाउँपालिका

सबैभन्दा बढी विद्युत् रोयल्टी पाउनेमा दोलखाको तामाकोशी गाउँपालिका

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा विद्युतबाट कुल २ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको अर्थ मन्त्रालय जनाएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार उक्त रोयल्टीमध्ये प्रदेश र स्थानीय तहमा ७४ करोड ८७ लाख रुपैयाँ बाँडफाँड गरिएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युत् रोयल्टी पाउने स्थानीय तहमा दोलखाको तामाकोशी गाउँपालिका रहेको छ ।
त्यस्तै रामेछापको गोकुलगंगा गाउँपालिका, तनहुँको आँबुखैरेनी गाँउपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका विद्युतबाट बढी रोयल्टी पाउने स्थानीय तह रहेका छन् ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले संविधान अनुसार गरेको बाँडफाँट तथा सूत्रअनुसार विद्युतका संरचना रहेका स्थानीय तहलाई ५० प्रतिशत प्रभावित क्षेत्र परियोजनाबाटा प्रभावित स्थानीय तह र वरिपरीको क्षेत्र परियोजनास्थल वरपरको तत्लो र उपल्लो तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई २० प्रतिशतको दरले रोयल्टी उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस्