सप्तकोशी नगरपालिकामा विकासको कामले गति लिदैं

सप्तकोशी नगरपालिकामा विकासको कामले गति लिदैं

रचना तिमल्सिना
माघ १६, सप्तकोशी नगरपालिका । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएको छ । निर्माण भएका सडकहरुलाई थप सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्नुका साथै पीच गर्ने काम भइरहेको नगर प्रमुख शर्माले भन्नुभयो । उक्त सडक निमार्ण सम्पन्न भए पछि आम नागरिकहरुलाई यात्राको विगतको जस्तो कठिनाई हुनेछैन ।

नगर भवन सहित वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको र केही वडाको भवन बन्ने क्रममा रहेको छ । ऐतिहासिक धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्रको हिसाबले यस पालिका निकै सम्भावना बोकेको क्षेत्र रहेकोले आयश्यक संरचना निर्माण गर्ने काम भइरहेको नगर प्रमुख शर्माको भनाई छ । पालिकामा कृषि र शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय प्रगती भएको छ ।

किसानहरुलाई विभिन्न उन्नत जातको धानको विउ वितरण गर्नुका साथै तरकारी खेती गर्नको लागि युवाहरुलाई प्रात्साहन गर्दै आइरहेको छ । विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण देखि गुणस्तरीय र सर्वुलभ शिक्षा प्रदान गरेको नगर प्रमुख शर्माले जनाउनु भयो । पालिकाले “ एक घर एक धारा” कार्यक्रम सञ्चालन गरी सबै वडामा खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।

आम सर्वसाधारणहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने योजना गरेको छ । सो आयोजनाले आम नागरिकहरुलाई विगतको जस्तो सानोतिनो उपचारको लागि अन्य ठाउँमा धाउन पर्ने बाध्यता हट्ने नगर प्रमुख शर्माले विस्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारको व्यवस्थापन पछि नगरका, नगर प्रमुख शर्माले गर्नु भएको विकास योजना र तिनको कार्यान्वयन पति उत्तिकै अनुकरणीय छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि आम जनताहरुलाई सतर्कता अपनाएको थियो । कोरोनाबाट प्रभावित भएका नागकिहरुलाई राहत वितरण गर्नुका साथै, बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधायुक्त क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्