सडक निर्माणलाई तिब्रता दिदै, बाराको फेटा गाउँपालिका

सडक निर्माणलाई तिब्रता दिदै, बाराको फेटा गाउँपालिका

रचना तिमल्सिना ।

बाराको फेटा गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष अमिसरलाल प्रसादका अनुसार गाउँपालिकाले सडक निर्माणसँगै नाला ढलानको काम पनि गरिहेको छ । सडक निर्माण सँगै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, बिद्युत, खोनपानि लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा स्वास्थ्य चौकिहरुको निर्माण गरिएको छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण जनताले भोग्नु परेको सास्ती अहिले धेरै कम भएको छ । स्थानिय तहको निर्वाचन पछि गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले फेटा गाउँपालिकाको मुहार फेरिन थालेको छ । सुन्दर र समृद्ध फेटा गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष प्रसादले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर फेटा गाउँपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिरहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष प्रसादको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्