सडक र भौतिक संरचना निर्माणलाई तिब्रता दिदै, धादिङको गल्छि गाउँपालिका

सडक र भौतिक संरचना निर्माणलाई तिब्रता दिदै, धादिङको गल्छि गाउँपालिका

धादिङको गल्छि गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठका अनुसार समृद्धिको अभियानमा लागी परेको गल्छि गाउँपालिकाले सडक सँगै शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा स्वास्थ्य चौकीको स्थापना गरिएको छ । गाउँपालिकामा नयाँ नयाँ सडकको ट्रयाक खोल्ने भएका सडकहरुलाई पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम गरिरहेको छ ।

गाउँपालिकाले कृषिमा तरकारिखेतिलाई बिशेष प्राथमिकता दिएर काम गरिहेको छ । ब्यवसायक संचालनको लागी गाउँपालिकाका ५ सय घरघुरीलाई सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले गल्छि गाउँपालिकाको मुहार फेरिन थालेको छ । सुन्दर र समृद्ध गल्छि गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर गल्छि गाउँपालिकामा पनि प¥यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै शिक्षा र स्वास्थ्यलाई जोड दिदै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष श्रेष्ठको योजना छ ।

प्रतिक्रिया दिनुहोस्