सडक, खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिदैं फालेलुङ गाउँपालिका

सडक, खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिदैं फालेलुङ गाउँपालिका

कविता पोखरेल
माघ २०, फालेलुङ गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ । पालिकादेखि वडा कार्यालयसम्म जोडने सडकलाई पुन निर्माण गर्नुका साथैं सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको पालिकाका, अध्यक्ष सन्च कुमार केरुङले बताउनु भयो । यो सडक निर्माण भए पछि आम नागरिकहरुलाई यात्राको लागि थप सहज मिल्नेछ ।

एक घर एक धाराको अवधारणाको रणनीति अपनाई पालिकाको सबै टोलटोलमा खानेपानीको सुविधा पु¥याउने लक्ष्य राखेको छ । आम जताहरुको स्थास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउदैं आएको अवस्था छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ ।

पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालहरुमा आवश्यक भौतिक संरचाहरु निर्माण गर्दै आईरहेकै छ । यस्तै, किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा विशेष जोड दिदैं आएको अवस्था छ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउको लागि पालिकाका, अध्यक्ष केरुङको योजना र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी रोकथामको लागि पालिकाले आम सर्वसाधारणहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आईसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष केरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्