सडक , कृषि र पर्यटनलाई जोड दिएका छौंं: अध्यक्ष मल्ल

सडक , कृषि र पर्यटनलाई जोड दिएका छौंं: अध्यक्ष मल्ल

पर्वतको जलजला गाउँपालिका विकास योजना कार्यान्वयनमा अन्य स्थानीय तहभन्दा अगाडी रहेको पाईएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट पारित गरेका विकास योजना कार्यान्वयन तीव्र चासो देखाएको छ । सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधारतर्फका योजना कार्यान्वयनमा गाउँपालिकाले धमाधम काम गरेको छ । उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने योजनाको समिति गठन र सम्झौता गरी धमाधम कार्यान्वयन शुरू गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकष्ण’ले जानकारी दिनुभयो ।गाउँपालिकाले बिशेष गरेर सडक , कृषि र पर्यटनलाई जोड दिउर काम गरिहेको अध्यक्ष मल्लले बताउनुभयो ।

गाउँपालिकामा दश शैयाको अस्पताल भवनको समेत शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार्यक्रमका बिच सोमबार शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण संगै गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो । समयमै भवन निर्माण सम्पन्न गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष मल्लले बताउनुभयो । दश रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो ।

यस्तै, गाउँपालिका वडाबाट सिफारिश भई गाउँपालिकाबाट विनियोजन भएका विकास योजनाको कार्यान्वयनमा उपभोक्ता समितिहरू जुटेको छ । असारे विकासलाई नियन्त्रण गर्ने गरी योजना कार्यान्वयनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको कार्यालयले जनाएको छ ।

कोरोना माहामारीको बेला जलजला गाउँपालिकामा कोरोना संक्रमितको दर बढ्न थालेपछि समुदायस्तरमा एक घर एक पिसिआरको रणनिति बनाएर परीक्षण सुरु गरेको थियो । अहिले गाउँपालिका कोरोना नियन्त्रणमा आईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्