संघियता पछि गाँउघरमै व्यवसायी

संघियता पछि गाँउघरमै व्यवसायी

दोलखा/हिरालाल श्रेष्ठ युवा किसान हुन् । दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागापौवाका श्रेष्ठ भर्खर २२ बर्ष लाग्दै छन् । उनी युवा अवस्थामै गोलभेडा र डल्ले खुर्सानीको व्यवसायीक खेती गर्न तम्सीएका छन् ।
अहिले संघिय संरचना अनुसार गाँउघरमै चहलपहल सुरु भएको छ । राम्रा राम्रा होटल तथा पसलहरु खुलेका छन् त्यसैले मैले गाँउकै बजारलाई हेरेर गोलभेडा तथा डल्ले खुर्सानीको व्यवसायीक खेती सुरु गरेको हो – श्रेष्ठले भने । घरको गमलाहरुमा रोपेको गोलभेडा र डल्ले खुर्सानीले परिवारको छाक टरेको देखेर उनको दिमागमा यसको व्यवसायीक खेती गर्ने जाँगर पलाएको थियो । श्रेष्ठमात्र हैन मागापौवाका २३ जना किसानहरुले पनि व्यवसायीक रुपमा तरकारी खेति गरेका छन् । अन्य ६ जनाले कुखुरा पालन सुरु गरेका छन् ।
नयाँ राजनीतिक संरचना अनुसार गाँउघरमै चहलपहल सुरु भएपछि मानिसहरु रोजगारीको लागि गाँउघरमै सक्रिय बन्न लागेका छन् र व्यवसायका नयाँ नयाँ तरीकाहर समेत खोज्न थालेका छन् – शैलुङ गााउपालिकाका अध्यक्ष भरत दुलालले भने । त्यस्ता सक्रिय एवं व्यवसायीक किसानहरुलाई गाँउपालिकाले समेत सहयोग गर्ने अध्यक्ष दुलाल बताउछन् । 
स्थानियलाई व्यवसायीक तरकारी खेतीको लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मार्फत ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसी)ले आर्थिक तथा प्राविधिक सहयोग गरेको ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसी) दोलखाका अध्यक्ष जगदीश शिवाकोटी बताउछन् ।
भुकम्प पछि एकातिर मानिसहरु चरम आर्थिक सङ्कटमा फसेको र अर्को तर्फ संघिय संरचना अनुसार गाँउघरमा चहलपहल समेत बढेकोले मानिसहरु कुनै न कुनै व्यवसायमा आकर्षित भै रहेको अवस्थामा युएनडिपीले बृहत विपद् जोखिम व्यवस्थापन कार्यक्रम अन्र्तगत आरईडिसी मार्फत व्यवसायीक तरकारी खेतिको लागि सहयोग गरेको युएनडिपीको बरिष्ठ सामाजिक परिचालक प्रगती भट्टराई बताउछिन् । परियोजना अन्र्तगत युएनडिपीले आरईडिसी मार्फत प्रति किसान ८ देखि १० हजार बराबरको टनेल, तरकारीको विरुवा, स्प्रीङ कल आदी उपलब्ध गराउदै आएको – भट्टराईले बताईन् । एउटा किसानले दुई देखि तीन वटासम्म टनेल बनाएर तरकारी तथा डल्ले खुर्सानी खेती गरेका छन् । जसको लागि थप रकम किसान आफैले व्यवस्थापन गरेको भट्टराईले बताईन् ।
युवा किसान हिरालाल अहिले गाँउघरमै मानिसहरु व्यवसायीक बन्दै गएको र गाँउपालिका तथा युएनडिपी लगायतका संस्थाहरुले समेत किसानहरुलाई केहि आर्थिक र प्राविधिक सहयोग गर्दै आएकोले अबको केहि समय पछि ग्रामीण क्षेत्रको बजारमात्र हैन जिल्लाको सदरमुकाममा समेत तरकारी निर्यात गर्न सकिने बताउछन् ।
युएनडिपीले आरईडिसी मार्फत दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ तथा भीमेश्वर नगरपालिकाको ८ र ९ मा व्यवसायीक तरकारी खेती र पशुपालनको लागि आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराएको बरिष्ठ सामाजिक परिचालक प्रगती भट्टराईले बताईन् । charnawatipost.comबाट

प्रतिक्रिया दिनुहोस्