शिवसताक्षी नगरपालिकालाई छिट्टैनै सम्बृद्ध नगरपालिका बनाउने नगरप्रमुख शर्माको योजना

शिवसताक्षी नगरपालिकालाई छिट्टैनै सम्बृद्ध नगरपालिका बनाउने नगरप्रमुख शर्माको योजना

झापाको शिवसताक्षी नगरपालिका युवा बिषेश कार्यक्रम संचालन गरेको छ ।

गाउँपालिकाले ब्यवसाय गर्न चाहाने युवाहरुलाई युवाहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको नगरप्रमुख चन्द्र कुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउने योजना पनि बनाईरहेको छ । नगरले विभिन्न युवालक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ । पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था पनि गरिएको छ ।

नगरपालिकाको १८ करोड भन्दा बढिको लागतमा रंगशाला निर्माणको काम पनि सुरु भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । नगरपालिको आन्तरीक श्रोतबाट बार्षीक रुपमा ३ करोड सम्मको आम्दानी हुने उहाँको भनाई छ । नगरमा बिभन्न भौतीक पुर्वाधाहरुको निर्माण लगायतका कामहरु अगाडि बढिरहेकोल शिवसताक्षी नगरपालिकालाई छिट्टैनै सम्बृद्ध नगरपालिका बनाउने नगरप्रमुख शर्माको योजना छ ।

प्रतिक्रिया दिनुहोस्