शिल्पा र छवीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

शिल्पा र छवीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

काल्पनिक कथामा रहेर अभिनयको व्यवसायमा काम गर्दे आएका निर्माता छवी ओझा र अभिनेत्री शिल्पा पाखरेलको अहिलेको जीवन पनि कुनै चलचित्रको कथाभन्दा फरक देखिदैन। कानको जाली नै फुटाउने गरी पति छविबाट हिंसा भएको भन्दै असुरक्षित महसुस गरेर सुरक्षा माग्दै शिल्पा प्रहरीसामु पुगेपछि दुईबिचको सम्बन्ध सार्वजनिक रूपमा छताछुल्ल भएको थियो। सार्वजनिक रूपमा एकअर्काका गल्ती देखाउनमा व्यस्त यो जोडी अहिले भने एकाएक गुमनाम छ। कारण बन्यो दुवैविरूद्ध हेमाले प्रहरीमा दिएको उजुरी।

उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, दुवै जना फरार भएपछि पक्राउ परेका छैन । अब, यो मुद्धा उच्च अदालत सम्म पुगेका छ । उच्च अदालतले पनि पक्राउ गर्न आदेश दिएको छ । शिल्पा पोखरेलले पक्राउ पुर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन् । अदालतले पक्राउ पुर्जी खारेज गर्न नमिल्ने बताएको छ । न्यायाधीशद्वय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो । शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ र अधिवक्ता मनोद यादवले बहस गरेका थिए भने हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए । छवीको तर्फबाट भने कसैले बहस गरेका थिएनन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्