शिक्षा स्वास्थ्य, सडक, कृर्षि र पर्यटन प्राथमिकतामा दिदै पूर्वखोला गाउँपालिका

शिक्षा स्वास्थ्य, सडक, कृर्षि र पर्यटन प्राथमिकतामा दिदै पूर्वखोला गाउँपालिका

पाल्पाको पूर्वखोला गाउँपालिकाले “शिक्षा , स्वास्थ्य सडक , कृर्षि पर्यटन सहितको पूर्वाधार, पूर्वखोला विकासको आधार ” भन्ने नारालाई साकार बनाउन लागि परेको छ ।

आर्थिक वर्ष ०७७।०७८ को वजेटमा पनि यिनै बिषयहरु केन्दि रहेमने गाउँपालिकाको अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले आर्थिक विकास तर्फ कृषी तथा पशु विकास निति अन्त्रगत एक वडा एक उतपादन निरन्तरता, एक घर एक फलफुलका बोट , कृषकलाइ समुहलाइ पुरस्कार, पालिका स्तरीय नर्सरि व्यवस्थापन, कृर्षी पाठशाला, व्यावसायिक पशुपंक्षिपालनलाइ उत्पादनमा आधारित मापदण्ड बनाइ अनुदान व्यवस्थापन गर्ने योजना बनाएको छ ।

अध्यक्ष थापाका अनुसार गउँपालिकाले कृषी उपज संकलन केन्द्र, सहकारी तथा गरिवी निवारण मा उत्कष्ट सहकारिलाइ पुरस्कार, घरेलु तथा साना उध्योग अन्तरगत घरबुनालाइ पुर्नखोज गरि नयाँ पुस्तामा सीप हस्तान्तरण गराउनको लागी तालिमको विषेश पहल, सिकर्मी,डकर्मी लगाएतका तालिम प्रधान गरि रिजगारी सिर्जना गगरिने, विभिन्न धार्मिक स्थल तथा, अग्ला गल्ला पाहाड अथा गुफा हरुलाइ पर्यटन क्षेत्रको रुपमा विकास गरिदै लैजाने, बिध्यालय समायोजन र आवश्यक ठाउँमा स्थापना थप गर्ने निति बोकेको छ । महिलाहरुको हक अधिकारका लागी समान कामको लागी समान ज्याला, पूर्वखोला गाउँपालिका सचेत बालबालिका भन्ने नारा स्थापित गर्न बाल संजाल, पालिकाभरी १ घर १ धारा २ बर्ष भरी सम्पन्न गर्ने गाउँपालिकाको लक्ष छ । गाउँपालिका र केन्द्र जोड्ने बाटो बाह्रै महिना संचालन हुने गरि स्तर उन्नती गरिने, बाक्लो वस्ती क्षेत्रका मोटरबाटो कालोपत्रे, काठेपोहोल विस्थापन, लगायतको बारेमा निति तथा कार्यक्रम रहेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष ०७७।०७८ को लागि ४४ करोड १७ लाख ८५ हजार ७ सय १० रुपैयाको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्