शिक्षा र स्वास्थ्य र सडकमा बिशेष जोड दिदैं , राजापुर नगरपालिका

शिक्षा र स्वास्थ्य र सडकमा बिशेष जोड दिदैं , राजापुर नगरपालिका

रचना तिमल्सिना ।

बर्दिया जिल्लाको राजापु नगरपालिकाले शिक्षा र स्वास्थ्य र सडकलाई बिशेष प्राथमिकता दिएर काम गरिहेको छ ।

नगर प्रमुख शिव प्रसाद चौधरीका अनुसार नगरपालिकाले भौतिक पुर्बाधारमा उल्लेखनिय प्रगति समेत गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरपालिकाबासिमा सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकीको निर्माण गरिएको छ । नगरपालिकाको बिभिन्न स्थानमा बर्थिङ सेन्टर स्थापना गरि महिलाहरुलाई सुत्केरी गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पायक पर्न स्थानमा बर्थिङ सेन्टर स्थापना गरिदिए सँगै नागरिकले सहज महसुस गरेको नगरप्रमुख चौधरीले बताउनुभयो । नागरिककै सहजताको लागि नगरपालिकाले १५ शैयाको अस्पतालको शिलान्यास गरि डिपिआरको काम अघि बढाईसकेको छ ।

नेपालकै सबैभन्दा लामो पक्कि पुल रहेको यस नगरपालिमा ब्यवस्थित बसपार्क निर्माणको काम पनि अघि बढाईएको छ । ऐतिहासिक थारु संग्राहलयको लागि डिपिआरको काम पनि भईसकेको छ । शैक्षिक क्षेत्रको बिकासको लागी नगरपालिकाले आफ्नै पहलमा अधिकांश विद्यालयमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण गरेको छ । नगरपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । यस्तै सम्पुर्ण वडाहरुमो सिंचाईको सुविधा पुर्याउन नगरपालिकाले बिशेष प्राथमिकता दिएको छ । नगरपालिकाले नगरपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो ।

आगामि दिनमा कोराना माहामारीको असरलाई कम गर्दै नगरपालिकाको समग्र विकास निर्माणमा केन्द्रित हुने नगरपालिका नगरप्रमुख चौधरीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्