शिक्षा र स्वास्थ्यमा बिशेष प्राथमिकता दिदै, सर्लाहीको बिष्णु गाउँपालिका

शिक्षा र स्वास्थ्यमा बिशेष प्राथमिकता दिदै, सर्लाहीको बिष्णु गाउँपालिका

रचना तिमल्सिना ।
सर्लाही जिल्लाको बिष्णु गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकता दिएर काम गरिहेको छ ।

गाउँपालिका अध्यक्ष जवाहरलाल यादवका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ, सडक लागायतका भौतिक पुर्बाधारमा उल्लेखनिय प्रगति समेत गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकीको निर्माण गरिएको छ । गाउँपालिकाको ४ वटा स्थानको बर्थिङ सेन्टर मार्फत एक बर्षमा करिब आठ सय महिलाको सुत्केरी गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पायक पर्न स्थानमा बर्थिङ सेन्टर स्थापना गरिदिए सँगै नागरिकले सहज महसुस गरेको अध्यक्ष यादवले बताउनुभयो । नागरिककै सहजताको लागि गाउपालिकाले एउटा एम्बुलेन्स तयारि अवस्थामा समेत राखेको छ । शैक्षिक क्षेत्रको बिकासको लागी गाउँपालिकाले आफ्नै पहलमा अधिकांश विद्यालयमा १२ कोठे सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण गरेको छ । गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो । यस्तै सम्पुर्ण वडाहरुमो सिंचाईको सुविधा पुर्याउन गाउँपालिकाले बिशेष प्राथमिकता दिएको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामि दिनमा कोराना माहामारीको असरलाई कम गर्दै गाउँपालिकाको समग्र विकास निर्माणमा केन्द्रित हुने गाउँपालिका अध्यक्ष यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्