व्यास नगरपालिका १ मा गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान

व्यास नगरपालिका १ मा गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान

माघ २४ , व्यास नगरपालिका–१ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १ का गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको छ । विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन गर्दै विभिन्न शिर्षकमा छात्रवृद्धिको वितरण कार्यक्रम गरेको वडा अध्यक्ष खर सिं दैरेले बताउनु भयो ।

उहाँको भन्नुभयो, वडाको स्रोत साधनले भ्याएसम्म आधारभुत विद्यालयमा गुणस्तरीय सर्वसुलभ शिक्षाको व्यवस्था गरेको छौं । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै वडामा स्वास्थ्य सेवाको सुविधा गरेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता भने हटेको अवस्था छ । वडामा भौतिक पूर्वाधारको काम पनि तिव्र गतिमा भएको छ ।

सडक, खानेपानी, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रमा विकास निर्माणको काम भइरहेको देखिन्छ । कोरोनाको समयमा यस वडाले संक्रमण रोकथामको लागि आम जनताहरु समक्ष सचेतना गर्नुका सार्थै बाहिरबाट आएकाहरुलाई सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था गरेको थियौं वडा अध्यक्ष दैरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्