वृद्धाभत्ता मासिक एक हजार बढ्यो, एकल महिलाको पाँच सय

वृद्धाभत्ता मासिक एक हजार बढ्यो, एकल महिलाको पाँच सय

जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रूपैयाँ वृद्धि भएको छ।  अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको मासिक २ हजारमा एक हजार रूपैयाँ थप गरेको बताए।

गर्भदेखि वृद्धअवस्थासम्म सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्ने उनले बताए। वृद्धवृद्धालाई नि:शुल्क बीमाका कार्यक्रम लागू हुने उनको भनाइ छ। सामाजिक सुरक्षाबाट देशभरका १३ लाख जेष्ठ नागरिकले सेवा पाउँछन्।

 

प्रतिक्रिया दिनुहोस्