विश्व वातावरण दिवसको अवसरमा रामेछापको मन्थलीमा र्याली तथा प्रवचन कार्यक्रम ।

विश्व वातावरण दिवसको अवसरमा रामेछापको मन्थलीमा र्याली तथा प्रवचन कार्यक्रम ।

पुष्कर खड्का /मन्थली । 
विश्व वातावरण दिसको अवसमा बुधबार रामेछापको सदरमुकाम मन्थलीमा र्याली तथा प्रवचन कार्यक्रमको अयोजना गरिएको छ । मन्थली नगपालिकाको आयोजना तथा जिल्ला स्थित सरोकारवाला सरकारी तथा नागरिक संस्थाहरुको समन्वय र सहकार्यमा कार्यक्रम भएको हो ।


बिहान मन्थलीको देवकोटा चोकबाट निस्किएको र्याली विपिचोक हुँदै मन्थली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगि सभमा परिणत भएको थियो । गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य मिलन कुमार घिसिङको अध्यक्षतामा भएका कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत लगायतका बक्ताहरुले बोलेका थिए ।वक्ताहरुले वातावरण संरक्षणको काममा लाग्न ढिलो भई सकेको बताउँदै अब पनि ढिलो गर्ने हो भने मानव र जीव नै संकटमा पर्नसक्ने अवस्था आएको बताएका थिए ।कार्यक्रममा जिल्ला सदरमुकाममा रहेका विद्यालयका विद्यार्थीहरु, जनप्रतिनिधिहरु तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्