विल्सन विक्रम राई ‘तक्मेबुढो’ ले गरे सुटुक्क विहे

विल्सन विक्रम राई ‘तक्मेबुढो’ ले गरे सुटुक्क विहे

नेपाली कोमेडियन , कलाकार, गायक तथा प्रोड्युसर विल्सन विक्रम राईले विवाह गरेको खुलेको छ । गत फागुनमा सरीना लामासँग उनी विवाह बन्धनमा बाँधिएको खुलेको हो ।उनीहरूको विवाहका केही तस्बिर सार्वजनिक भएका छन् ।

इलामकी सरीना र विल्सनको परम्परागत शैलीमा विवाह भएको सार्वजनिक भएको तस्बिरबाट बुझ्न सकिन्छ ।नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ । पछिल्लो समय निकै राम्रो नाम पाइरहेका र निकै व्यस्त विल्सनले सुटुक्क विवाह गरेका थिए भने उनी निकट कलाकारिता क्षेत्रका कलाकर्मी पनि यस खबर बाट बेखबर देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्