विद्यालयको शौचालय सफा गर्दै नगरप्रमुख

विद्यालयको शौचालय सफा गर्दै नगरप्रमुख

बर्दिया/झट्ट सुन्दा अलिक विश्वास नलाग्न सक्छ, पत्याउन गाह्रो पनि हुन सक्छ । जनताबाट निर्वाचित एक जनप्रतिनिधी, त्यसमा पनी नगरको नगरप्रमुखले विद्यालयको शौचालय सफा गरे भन्दा पत्याउन गाह्रो पर्नु स्वभाविक पनि हो तर असम्भव भने होईन ।

सामुदायिक विद्यालयहरुको शौचालयमा सरसफाईको अवस्था नाजुक रहेको भन्दै बर्दियाको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले आपm्नो प्रत्यक्ष सहभागीतामा शौचालय सफाई अभियान सुरु गरेका छन् । बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारुले बारबर्दिया नगरपालिका–१, मा रहेको सरस्वती माध्यमिक विद्यालयको शौचालयको सफाई गर्र्दै सो अधियानको सुरुवात गरेका हुन् ।

सामुदायिक विद्यालयहरुको शौचालय र वातावरणको सरसफाईमा कमि भएको गुनासो बढ्न थाले पछि गुनासोको सम्बोधन गर्दै सरसफाई अभियानको सुरुवात गरेको बताएका छन् । कुनै पनि कुराको सुरुवात आफैबाट गर्नु पर्ने बताउँदै नगरप्रमुख थारुले विद्यालयको शौचालय सफा र स्वच्छ हुनुपर्दछ भन्ने सन्देश दिनका लागि विद्यालयको शौचालय सफाई अभियान सुरु गरेको बताए ।

नगरपालिकाले विद्यालय सुधारका लागि सामुदायिक विद्यालयमा मेरो एक दिन भन्ने कार्यक्रम सञ्चालन गरीरहेको छ । जसमा नगरका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले सामुदायिक विद्यालयमा गएर विद्यालयको सरसफाई गर्ने, वृक्षरोपण गर्ने, विद्यार्थी र शिक्षकहरुसँग छलफल गर्ने लगायतका क्रियाकलापहरु गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्