विगु गाउँपालिकाको आपत्तिले स्थगित गर्यो तामाकोशीको साधारणसभा

विगु गाउँपालिकाको आपत्तिले स्थगित गर्यो तामाकोशीको साधारणसभा

अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको आज हुने साधारणसभा स्थगित भएको जनाएको छ । दोलखाको विगु गाउँपालिकाले साधारणसभाको जानकारी ढिलोगरि प्राप्त भएको भनि आपत्ति जनाएपछि साधारणसभाको कार्यक्रम स्थगित भएको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सञ्चालकसमितिको नियुक्तिको लागि निर्वाचन हुने कार्य तालिका रहेको थियो ।
साधारणसभा राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम तय भएको थियो । उता, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भने साधारणसभाको लागि आवश्यक संख्या नपुगेको दावी गर्दै स्थगन गरिएको जनाएको छ । हाल सो तामाकोशीमा ८ लाख १८ हजार सेयर धनि छन् । अपर तामाकोशी हाइड्रोपावरको सञ्चालकसमितिमा रहने चार जनाको लागि करिव एक दर्जनले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्