विकास निर्माणमा प्राथामिकता दिदैं बृन्दावन नगरपालिका

विकास निर्माणमा प्राथामिकता दिदैं बृन्दावन नगरपालिका

रचना तिमल्सिना
पौष २९, बृन्दावन नगरपालिका । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले विकास निर्माण कार्यको लागि तिव्रता दिएको अवस्था छ । सडक, पुल, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख रामस्नेही राय यादवले भनाई ।

नगरको केन्द्रदेखि सबैलाई जोड्ने प्रमुख सडकखण्ड निर्माण हुनुका साथै भएका सडकहरुलाई फराकिलो र आवश्यक सुधार गर्ने कार्य भइरहेको यादवले भन्नुभयो । नगरले जनताहरुलाई सहज हुने हिसावले आवश्यक ठाउँमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पालिको सम्पूर्ण विद्यालय क्षेत्रमा विद्यार्थीहरुको लागि दिवा खाजाको समेत व्यवस्था गरिएको नगर प्रमुख यादव बताउनु हुन्छ ।

खेलकुद क्षेत्रलाई मध्येनजर गर्दै ५ करोड लगानीमा स्टिडियो निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा आवश्यक सुचना प्रवाह गरी आफनो नागरिकहरुलाई समयमै सतर्कता अपनाएको यादवले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरु र विपन्न वर्गलाई राहत सामाग्री वितरण समेत गरेको नगर प्रमुख यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्