विकास निर्माणको काममा सक्रिय, कालीगण्डकी गाउँपालिका वडा नं. २

विकास निर्माणको काममा सक्रिय, कालीगण्डकी गाउँपालिका वडा नं. २

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. २ विकास निर्माणको काममा सक्रिय भएको लागेको छ ।

समृद्ध वडा निर्माणको लागी सडक, खानेपानि, बिद्यालय, सिंचाई लगायताको क्षेत्रमा काम भएको वडा अध्यक्ष देवी प्रासद न्यौपानेले बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा वडामा गर्भवती महिला र सुत्केरीहरुको लागी पोेषण कार्यक्रम संचालन गरिएको छ । यस्तै निःशुल्क सेनेटरी प्याड वितरण, सामान्य औषधिहरुको निःशुल्क बितरण लगायतका कामहरु भईरहेका छन ।

वडाका सबै टोलहरुमा सडक पुगिसकेको वडाअध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । अव ति सडकहरुको स्तरोन्नती लगायतको काम पनि भइरहेको छ । वडाका कृषकहरुलाई टलेन वितरण, बाख्रापालन गर्नेहरुलाई अनुदान दिने लगायतको काम पनि वडाले गरिहरको छ । पुल पुलेसो निर्माणमा पनि वडाले सक्रियता देखाएको छ । वडामा भएका बिद्यालयहरुमा भौतिक संरचनाहरु निर्माणको लागी वडाले पहल गरिरहेको छ । वडाले गरिव तथा विपन्न वर्गहरुलाई रोजगारी दिने उद्येश्यलेबिभिन्न तालिमहरु समेत संचालान गरेको छ ।

हालस सम्म भएका बिकास निर्माण र सेवा प्रवाहका कामहरुमा वडाका नागरिहरुले पुर्ण रुपमा वडा कार्यालयलाई सहयोग गरिरहेको छ । आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै समृद्ध वडा निर्माणमा लाग्ने वडा अध्यक्ष न्यौपाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्