विकासको गति लिदैं बेसीशहर नागरपालिका

विकासको गति लिदैं बेसीशहर नागरपालिका

कविता पोखरेल
माघ १९, बेसीशहर नगरपालिका । लमजुङ जिल्लामा बेसीशहर नगरपालिकामा विकास निर्माणको कामले तिव्रता पाएको छ । नगरदेखि वडा कार्यलयसम्म जोड्ने सकड पुर्णरुपमा निर्माण कार्य सम्पन्न भएको नगरका, नगर प्रमुख गुमान सिंह अर्यालले भन्नुभयो । सडक निर्माणले दैनिक रुपमा सवारी साधनहरु चल्ने भए पछि यात्राको लागि गप सजह भएको छ । उक्त सडकलाई चाँडै धुलो मुक्त बनाउनको लागि पीच गर्ने योजना भईरहेको छ ।

“ एक घर एक धारा ” कार्यक्रम सञ्चालन गरी नगरको सबै टोलटोलमा खानेपानीको सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सम्पूर्ण वडामा स्वास्थ्य सेवाको पहुच पुर्‍याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ ।

कृषि र शैक्षिक क्षेत्रमा पनि नगरले उल्लेखनी प्रगति गर्दै आइरहेको छ । किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजत र बाख्रा वितरण गर्नुका साथैं नगरको आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । नगर प्रमुख अर्यालको अनुसार, युवावर्गहरुलाई विभिन्न स्वरोजगारमुलक तालिम प्रदान गर्ने उनीहरुलाई रोजगारीको व्यवस्था गर्ने योजना रहेको छ ।

स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अवधिमा समृद्ध बेसीशहर नगरपालिका निर्माणको लक्ष्यसहित अगाडी बढीरहनु भएका नगरका, नगर प्रमुख अर्यालको विकासका योजनाहरु र रणनिति पनि त्यतिकै अनुकरणीय छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि नगरले आम नागरिकहरुलाई सतर्कता अपनाएको थियो ।

कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्थापन गर्दै आवश्यक औषधि समेत वितरण गरेको थियो । स्थानीय सरकारको व्यवस्थापन पछि आम नागरिकहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्न आफु सक्दो लागि परेको र आगामी दिनमा सबैको साथ सहयोग मिलेमा नगरलाई चाँडैं समृद्धिको उचाईमा पुर्‍याउने नगर प्रमुख अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्