विकासको गति लिदैं सिम्ता गाउँपालिका

विकासको गति लिदैं सिम्ता गाउँपालिका

कविता पोखरेल
माघ १२, सिम्ता गाउँपालिका । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा विकास निर्माण कामले तिव्रता पाएको छ ।

सडक, खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा विगतको तुलनामा भन्दा विकास निर्माणको काममा उल्लेखनीय प्रगती भएको अध्यक्ष कबिन्द्र कुमार के.सीले बताउनु भयो । उज्यालो पालिका बनाउने उद्येश्यले प्रत्येक टोलटोलमा विजुली बक्ति पु¥याउने काम अन्तिम चरणमा पुगेको के.सीको भनाई । सडक निर्माणको काम ९ वटै वडामा पु¥याउने काम सम्पन्न भएको उहाँले भन्नुभयो ।

पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पुग्ने गरी आवश्यक स्वास्थ्य भवन बनेको छ । एक घर एक धाराको अभियानन सहित टोलटोलमा खानेपानी पु¥याउने काम भइरहेको छ भने केही घर धुरीहरुमा खानेपानी पुगि सकेको अध्यक्ष के.सीले जनाउनु भयो । जनताहरु माझ स्थानीय सरकारको प्रत्याभुति हुने गरी पालिकामा विगतको तुलनामा भन्दा उल्लेखनीय विकास काम भएको के.सी भन्नुहुन्छ । पालिकाको क्षमताले भ्याएसम्म समृद्ध बनाउने योजना रहेको उहाँले भन्नुभयो ।

यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि कोरोना सम्बन्धि आम नागरिकहरुलाई सक्दो सतर्कता अपनाएको अध्यक्ष के.सीले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुलाई पालिकाले होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं आवश्यक औषधिहरु वितरण गरेको अध्यक्ष के.सीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्