विकासको गतिबिधीमा अग्रसर मनहरी गाँउपालिका

विकासको गतिबिधीमा अग्रसर मनहरी गाँउपालिका

काठमाडौँ । मकवानपुरको मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतिले आज असल संचारसँग भेटघाट गर्दै गाँउपालिकाको विकासको लागि आफु प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ ।
पुर्बाधारको क्षेत्रमा भएका गतिविधीहरुको चर्चा गर्दै अध्यक्ष उप्रेति भन्नुहुन्छ ,कच्ची सडकका कारण स्थानीयले सास्ती खेप्नुपरेपछी सडक पक्की निर्माण गर्ने अभियान अनुसार साढे ४ हजार मिटर भन्दा वढी सडक पक्की निर्माण गरिएको हो । गाउँपालिकाले ३० हजार ८ सय मिटर सडकको नयाँ ट्रयाक ओपनको काम गरेको छ । यसैगरी २१ हजार ५ सय ५० मिटर सडकमा ग्राभेल गरिएको छ भने गाउँपालिका क्षेत्रमा ९ वटा वक्स कल्भर्ट, २२ वटा हुमपाईप कल्भर्ट, एक वटा आरसीसी कल्भर्ट निर्माण गरिएको उहाँले वताउनुभयो ।
मनहरि गाँउपालिका पर्यटकिय हिसाबले उच्च सम्भावना बोकेको गाँउपालिका हो । जहाँ मनहरि पिस पार्क , मनकामना मन्दिर , भ्यु टावर रहेका छन । यस मनहरि पिस पार्कलाई पर्यटकिय रूपमा अगाडि बढाउन बगैँचा निर्माणको लागि आँप , लिचि , कटहरका बिरूवाहरूको वितरण गरिएको छ । यस ठाँउलाई पिकनिक स्पोर्ट बनाउने उद्देश्यले पोखरी निर्माण , गुम्बा निर्माण लगाायतका कामहरू पनि भईरहेका छन । भने बोटे जातीहरूको लागि एकिकृत नमुना बस्तीको निर्माण हुन लागेको साथै बनकरिया जातीको घरमा होमस्टे निर्माण गर्नै संकल्प अध्यक्ष उप्रेतीले गर्नुभयो ।
यस्तै कृषिको क्षेत्रमा अनुदानमा माटो बुर्बुर पार्नै मेशिन , १५ वटा पानी तान्ने मोटर हाते ट्रयाक्टर ,जस्ता उपकरणका साथै च्याउ खती ,टनेल खेतीमा पनि गाँउपालिकाले सहयोग गरिरहेको देखिन्छ । भने पशुपालन गर्नैलाई गोठसुधारको कार्यक्रम , प्रतिलिटर दुधमा एक रूपैया अनुदान , १० भन्दा बढि बाख्रापालन गर्नैलाई एउटा बिउको बोका वितरण एउटा गाई खरिद गरेबापत आधा रकमको ब्यवस्था गाँउपालिकाले गरेको छ ।

साथै १०० जना आमाहरूलाई सेवा दिनेगरी आमाघरको निर्माण गरेको जहाँ परिवारविहीन आमाहरूलाई सेवा दिएर उदाहरणीय काम पनि गाँउपालिकाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्