वनको रोयल्टी पाउनेमा कैलाली जिल्ला शीर्ष स्थानमा

वनको रोयल्टी पाउनेमा कैलाली जिल्ला शीर्ष स्थानमा

काठमाडाैं । आर्थिक वर्ष २०७५/०७६ मा राष्ट्रिय वनबाट ८४ करोड २५ लाख १९ हजार २६५ रुपैयाँ रोयल्टी प्राप्त अर्थ मन्त्रालय जनाएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार  राष्ट्रिय वनको रोयल्टी पाउनेमा कैलाली जिल्ला शीर्ष स्थानमा छ। सो जिल्लाको पाँच वटा स्थानीय तहले बढी रोयल्टी पाएका छन्। त्यसमा गोदावरी गाउँपालिका, मोहन्याल गाउँपालिका, धनगढी उपमहानगरपालिका, घोडाघोडी गाँउपालिका र चुरे गाउँपालिका रहेका छन्।

 राष्ट्रिय वनबाट ८४ करोड २५ लाख १९ हजार २६५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। तयसमध्ये प्रदेश र स्थानीय तहलाई समान रुपमा २१ करोड ६ लाख २९ हजार ८१६  रुपैयाँ बाँडफाँट गरिएको छ। वनबाट बढी रोयल्टी पाउनेमा सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा रहेको छ। त्यसपछि प्रदेश नं १, प्रदेश नं २, कर्णाली, गण्डकी, प्रदेश नं ३ र प्रदेश नं २ रहेका छन्।

कानूनी व्यवस्था अनुसार कूल रोयल्टीमध्ये ५० प्रतिशत सङ्घीय सरकारलाई प्राप्त हुनेछ। यस्तै समान २५ प्रतिशत सम्बन्धित प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने छ।

प्रतिक्रिया दिनुहोस्