वडा कार्यालय नागरिकको स्वास्थ्यमा गम्भिर भएर लागेको छः वडाध्यक्ष शेर्पा

वडा कार्यालय नागरिकको स्वास्थ्यमा गम्भिर भएर लागेको छः वडाध्यक्ष शेर्पा

जिरी, दोलखा । हाल विश्वभरी कोरोनाको त्रास फैलिरहेको छ जसमध्ये नेपाल पनि एक हो । नेपालमा कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा ४ महिना भन्दा बढी लकडाउन भयो । लकडाउनले आम मानिसको दैनिकिदेखि लिएर मुलुककै अर्थतन्त्रलाई पनि प्रत्यक्ष रूपमा असर गर्यो । कतिपय बिकास निर्माणका कार्यहरू रोकिएका छन् भने योजनाका कामहरू पनि उस्तै छन् । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले दोलखाको जिरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ङिमपल्दे शेपालाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ ।

उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थासम्म कोरोनाको त्यस्तो प्रभाव परेको छैन । संक्रमण फैलिन नदिन सावधानी अपनाएका छौं र बाहिरबाट आउने व्यक्तिहरूलाई हामीले क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि गरेका छौं ।’  जनप्रतिनिधि भएर आएपछि जनताको सेवा गर्नुपर्छ र त्यहीअनुसार वडाले यस महामारीको बेलामा पनि सम्पूर्ण कुराहरूको व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो । कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको छ । वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । वडा कार्यालय नागरिकको स्वास्थ्यमा गम्भिर भएर लागेको उहाँले बताउनसभयो ।
उहाँले भन्नुभयो, ‘समग्र रूपमा हेर्ने हो भने अहिलेसम्म वडाले गरेको काम कारबाहीप्रति कसैको गुनासो आएका छैन सबै सन्तुष्ट नै छन् । ’ त्यसैगरी वडाले यसै वर्ष वडाभित्र भएको सम्पूर्ण जग्गाको नापी गरी लालपूर्जा समेत वितरण गरिरहेको उहाँले बताउनुभयो । सम्पूर्ण विकास निर्माण सडक, खानेपानी लगायतका कामहरू पनि अगाडि बढिरहेको उहाँले हामीलाई अवगत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्