वडा कार्यालयको सहयोगमा महिलालाई सावुन बनाउने तालिम

वडा कार्यालयको सहयोगमा महिलालाई सावुन बनाउने तालिम

सिन्धुपाल्चोक/ जिल्लाको सुनकोशी गाउँपालिका ३ नम्वर वडाको आर्थिक सहयोग तथा कालिका महिला संजालको आयोजनामा सुनकोशी गाउँपालिका ३ कालिकामा ३ दिने साबुन बनाउने तालिम हालै सम्पन्न भएको छ ।

वडा कार्यालयको महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि विनियोजित बजेटवाट सो तालिम सम्पन्न भएको हो । जेठ १६ गते देखि १८ गते सम्म सञ्चालन भएको तालिममा वडा भित्रका ६० जना महिलाहरुको सहभागिता रहेको थियो । दैनिक दुई चरणमा गरि सञ्चालन भएको तालिममा निर्मला बस्नेत र गीता खत्रीले तालिमको सहजीकरण गर्नुभएको थियो ।

सुनकोशी गाउँपालिका ३ नम्वर वडाका वडाध्यक्ष रामहरी खड्काले महिलाहरुलाई आत्मनिर्भर वनाउन तथा सिप विकास गरि उनीहरुलाई स्वारोजगारको विकास गर्न तालिम सञ्चालन भएको बताउँनुभयो । तालिममको समापनमा अध्यक्ष खड्काले गाउँपालिकाले वनाएको नीति अनुसार वडास्तरमा यस्ता तालिम सञ्चालन भइरहेको र यसले महिलाहरुलाइ आत्मनिर्भर बनाउन सहयोग पुग्ने पनि उहाले बताउँनुभयो ।

तालिमको समापन कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष इन्द्रमाया खत्रीले तालिमवाट प्राप्त गरेको ज्ञान सिप व्यवहारिक रुपमा लागुगर्न जोड दिनुभयो । यस्तै, तालिममा सहभागि कल्पना गिरि, भद्रकुमारी प्याकुरेल, रमा कार्की र पबित्रा थापामगरले यो तालिम पश्चात महिला उद्यमी बन्नका सहयोग पुग्ने भन्दै आयोजकमा धन्यावाद व्यक्त गर्नुभएको थियो ।

तालिममा सहभागिलाई वडा अध्यक्षय खड्काले प्रमाण पत्र वितरण गर्नुभएको थियो । गाउँपालिकाले वनाएको बार्षिक कार्यक्रम अनुसार २ लाख रुपैयाँ लागत खर्चमा वडाले पनि सिपमुलक तालिम कार्यक्रम सम्पन्न गरेको र यसवाट महिलाहरुमा सिप तथा क्षमता विकासमा सहयोग पुगेको वडा सदस्य दिनेश कार्कीले जानकारी दिनुभयो । वडाले आगामी दिनमा समेत यस खालका कार्यक्रम गर्दै जाने नीति वनाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्