वडामा संक्रमित छैनन् तर नगरमा संक्रमणको संख्या बढिरहेको छः वडाध्यक्ष शर्मा

वडामा संक्रमित छैनन् तर नगरमा संक्रमणको संख्या बढिरहेको छः वडाध्यक्ष शर्मा

निग्लिहवा, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको वडा नंं १० ले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको छ । नेपालभरी संक्रमणको संख्या बढ्दै गएकोले वडामा पनि संक्रमण बढ्न सक्ने खतरा रहेको वडा अध्यक्ष मोहन लाल शर्माले बताउनुभयो । उहाँले संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाउँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा हाम्रो वडामो कोराना संक्रमण नभएको कारणले खासै समस्या भएको छैन । विदेशबाट आउने व्यक्तिलाई सुरक्षित होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं । क्वारेन्टाइनमा १४ दिन राखेपछि पि.सि.आर परीक्षण भइसकेपछि रिर्पोटअनुसार व्यवस्थापन गर्ने गरेका छौं ।’

महामारीले गर्दा विभिन्न समस्या देखापरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा वडाभित्र संक्रमण नभएतापनि नगरपालिकामा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । महामारीले पछि कस्तो मोड लिने हो केही थाहा छैन त्यसले गर्दा अप्ठ्यारो भएको छ । ’ वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । मजदुर, व्यवसायीहरुलाई पनि कोरोनाबाट बच्ने उपायहरु अपनाई काम गर्न दिएको वडा अध्यक्ष शर्माले बताउनुभयो । यसका साथै यस महामारीको बीचमा पनि वडाले दिनुपर्ने सेवा तथा सुविधा दिइरहेकाले नागरिकहरु सन्तुष्ट नै रहेको उहाँको भनाइ थियो । ‘कोरोना भाइरसबाट बच्ने उपयाहरु अपनाई विकासका कामहरु निरन्तर अगाडि बढिरहेको छ । विधालय भवन र वडा कार्यालयको भवन बनिराखेको अवस्था छ ’ , वडाध्यक्ष शर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्