लिखु तामाकोसी गाउँपालिकामा एकाउन्टेन्ट नहुँदा भद्रगोल

लिखु तामाकोसी गाउँपालिकामा एकाउन्टेन्ट नहुँदा भद्रगोल

पुष्कर खड्का / रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एकाउन्टेन्ट नहुँदा कार्यालयका नियमित काम कारवाहीमा समस्या उत्पन्न भएको छ । दुई महिना अघि एकाउन्टेन्ट सुरुवा भएर गएपछि अहिलेसम्म नयाँ एकाउन्टेन्ट आएका छैनन् । जसको कारण गाउँपालिकाबाट हुने आर्थिक कारोबार ठप्प भएको छ ।
लिखु तामाकोसी गाउँपालिकामा ६/६ महिनामा प्रमुख प्रशासकीय अधिकृत र एकाउन्टेन्ट सरुवा हुने क्रम बढेपछि त्यसको प्रत्यक्ष मार उपभोक्ता समितिलाई परेको छ ।
र लिखु तामाकोसी गाउँपालिका वडा नं ३ मा अहिले सम्म सचिव ,कम्प्युटर अप्रेटर नभएको पनि वडा अध्यक्ष यम बहादुर महतले जानकारी गराउनु भएको छ।
गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काको कार्यशैलीको कारण कर्मचारी धेरै टिक्न नसक्ने गरेको आरोप लाग्दै आएको छ । गाउँपालिकामा एकाउन्टेन्ट नहुँदा उपभोक्ता समितिको भुक्तानी रोकिएको छ’, ३ नं वडा अध्यक्ष यम बहादुर महतले र वडा नं ७ कै वडा अध्यक्ष शुबास बोहोराले नयाँ पुल अनलाइन न्युजसँग भने,‘एकाउन्टेन्ट खाली भएको ३ महिना भन्दा बढी भइसकेको तिल्पुङ ७ नं वडा अध्यक्ष शुबास बोहोराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्